काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध पाँच बिध्यार्थी संगठनले आज देशैभर प्रदर्शन गर्दैछ ।
उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरसहित देशभरका ७७ वटै जिल्लाका पाँच विद्यार्थी संगठनका स्थानीय जिल्ला नेतृत्वको सहभागिता र अगुवाइमा बिरोध कार्यक्रम गरिन लागेको हो ।
बिहान ११ बजे स्थानिय मौसमको अनुकूलताअनुसार कार्यक्रम सम्पन्न हुने र कार्यक्रममा प्लेकार्ड प्रदर्शनदेखि प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाउनेसम्मका कार्यक्रम छ ।
प्रदर्शनमा नेपाल बिध्यार्थी संघ, अखिल (क्रान्तिकारी), सुदेश पराजुली नेतृत्वको अनेरास्ववियु ,समाजवादी विद्यार्थी युनियन र अखिल (छैठौं) सहभागी रहनेछन्।




