समाचार

त्रिविद्वारा स्नातक तहको परीक्षा तालिका सार्वजनिक (सूचनासहित)

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले ३–४ वर्षे स्नातक तह (बिज्ञान, ब्यबस्थापन, मानविकी र शिक्षा) संकायको पहिलो तथा दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ ।

त्रिविले पहिलो वर्षको नियमित, आंशिक, मौका एवं प्राइभेट (आंशिक) परीक्षा आगामी साउन ११ गतेदेखि हुने गरी बिहीबार बेलुका तालिका सार्वजनिक गरेको हो ।

कोभिडको दोस्रो लहरका कारण २०७८ वैशाख १३ देखिपछि स्थगित गरिएका दोस्रो वर्षको बाँकी रहेका बिषयको परीक्षाहरु पुनः संचालन हुने गरी परीक्षा कार्यक्रम सार्वजनिक गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । द्वितीय वर्षको परीक्षा साउन ५ गतेदेखि सुरु हुने छन् । कार्यालयले परीक्षार्थीले दिनुपर्ने विषय र कोड यकिन गरेर मात्र परीक्षा दिन सबै परीक्षार्थीहरुमा अनुरोध गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *