काठमाडौं । नेपालमा मनसुन प्रवेशसँगै लगातार वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी आइरहेको छ।
सिन्धुपाल्चोक, मनाङलगायत जिल्लामा बाढी तथा पहिरोले ठूलो मात्रामा जनधन क्षति गरिरहेको छ। मौसमविद्ले नागरिकलाई सुरक्षित स्थानमा सर्न तथा सतर्कता अपनाउन अपिल गरिरेहका छन्।
बाढी पूर्वानुमान शाखाले आज कहाँ कहाँ बाढी आउँछ भनेर अनुमानसहितको सूचना जारी गरेको छ।





