काठमाडौं । कोरोना निको भएर घरमै स्वास्थ्यलाभ गरिरहेका एमाले नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । उनलाई पुनः स्वास्थ्यमा समस्या देखिएको छ।
पूर्वप्रधानमन्त्री खनाललाई सोमबार बिहान काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो।
ज्वरो आएको र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि खनाललाई अस्पताल लगिएको उनको सचिवालयले जानकारी दिएको छ। खनाललाई यसअघि कोरोना भएको थियो।




