काठमाडौं । नेपाली कांग्रेसको स्थगित केन्द्रीय कार्यसमिति बैठक बुधबारका लागि बोलाइएको छ । बैठक आइतबार बस्ने मिति तय थियो । तर, कोरोना भाइरस महामारीका कारण केन्द्रीय सदस्यहरूको स्वाब परीक्षण गर्नुपर्ने भएकाले स्थगित गरिएको थियो ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले १३ गते स्थगित बैठक १५ गते बुधबारका लागि बोलाएको जानकारी दिए ।
‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७८ बैशाख १३ गते बस्ने भनिएको वैठक पि।सि।आर। परिक्षणका कारण स्थगित भएकोमा उक्त बैठक २०७८ बैशाख १५ गते दिनको २ः०० बजे पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवन, ललितपुरमा वस्ने भएको हुँदा पदाधिकारीज्यूहरु, केन्द्रीय सदस्यज्यूहरु एवं आमन्त्रीत सदस्यज्यूहरुलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गर्दछु,’ विज्ञप्तिमा भनिएको छ ।




