समाचार

अमेरिकी राजदूतले १३ वर्षअघि शिवरात्रिमा खिचेको तस्बीर भाइरल !

काठमाडौं । नेपालका लागि अमेरिकाका राजदूत र्‍यान्डी बेरीले नेपालीहरुको पर्व शिवरात्रिको अवसरमा शुभकामना दिएका छन् । केही घण्टाअघि ट्विट गर्दै उनले आफूले ६ वटा शिवरात्रिको अनुभव गर्ने अवसर पाएको बताएका छन् । टुइटरमा राखेको उनको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ ।

राजदूत बेरीले ६ वटा शिवरात्रि मनाउँने क्रममा खिचिएका मध्ये सबैभन्दा मनपर्ने तस्बिर पोस्टसमेत गरेका छन् । त्यो तस्बिर १३ वर्षअघि खिचिएको उनले बताएका छन् । तस्बिरमा उनी दुईजना जोगीका बीचमा प्रफुल्ल मुद्रामा देखिएका छन् ।

‘महाशिवरात्रीको शुभकामना । मैले नेपालमा झन्डै ६ वटा शिवरात्रीको धुमधाम अनुभव गर्ने अवसर पाएको छु’, उनले नेपाली भाषामै ट्विट गर्दै उनले लेखेका छन्, ‘र, तीमध्ये मलाई सबैभन्दा मनपर्ने यो तस्बिर चाहिँ १३ बर्षअघिको हो । तपाईँहरू सबैको दिन शुभ रहोस् । ह्याप्पी महाशिवरात्रि -२०२१ !’

राजदूत बेरी प्रायः नेपालमा मनाउने सबै पर्वका अवसरमा शुभकामना दिने गर्छन् । यस्ता अवसरमा उनले नेपालीमै ट्विट गर्ने गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *