समाचार

विप्लवले भेटे आफ्ना राजनीतिक गुरु कृष्णबहादुर महरा

काठमाडौं । खुला राजनीतिमा आएसँगै नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव अहिले आफ्ना पार्टीका नेता र विभिन्न व्यक्तिलाई भेटिरहेका छन् ।

यसैक्रममा विप्लवले आज नेकपा प्रचण्ड–माधव समूहका नेता एवं पूर्वसभामुख कृष्णबहादुर महरासँग भेट गरेका छन् । फागुन २१ गते सार्वजनिक भएलगत्तै खुल्ला भएका महासचिव विप्लवले महरालाई भेटेका हुन् । पूर्वसभामुख महरा विप्लवका विद्यालयकालका शिक्षक तथा राजनीतिक गुरुसमेत हुन् ।

फागुन २१ गते काठमाडौं आएलगत्तै सार्वजनिक कार्यक्रममा सहभागी हुनुअघि प्रधानमन्त्री केपी ओलीसँग भेट गरेको थिए । शनिबार गृहमन्त्री रामबहादुर थापा बादलसँग भेट गरेका उनले संयुक्त रणनैतिक मोर्चामा रहेका दलका नेता मोहन वैद्य, आहुति, ऋषिराम कट्टेललगायतसँग छलफल गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *