रामेछाप । नेपाली कांग्रेसको लिखु तामाकोसी वडा नं ६ खिम्ती इकाई कार्य समितिले एक जना कार्यकर्ताले दुई जना श्रमिकलाई एक महिनासम्म खाना खुवाउने व्यवस्था मिलाउने भएको छन ।
दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने श्रमिकलाई समस्या नहोस् भनेर यस्तो व्यवस्था मिलाउने निर्णय गरिएको इकाई सभापति जहानसिंह खत्री भरतले बताए ।
त्यसैगरी खिम्ती इकाई कार्य समितिले खिम्तीका नेपाली कांग्रेसका नेता कार्यकर्ता तथा अन्य सहयोगी मनहरुबाट संकलन गरेको आर्थिक सहयोगबाट साबुन किनेर वितरण गरेको छ । कांग्रेसका वडा अध्यक्ष प्रत्यासी उम्मेदवार भुवन कुमार कार्कीको नेतृत्वमा १ हजार २ सय घरपरिवारलाई कोरोना भाइरस संक्रमणबाट बच्ने उपाय र हात धुने तरीका सिकाउँदै साबुन वितरण गरिएको हो ।
यस संकटको घडीमा रामेछापबासीलाई अन्य कुनै समस्या परेका सहयोग गर्न नेपाली कांग्रेस तयार रहेको जिल्ला सदस्य पदम माझीले बताएका छन् ।राहतकोष स्थापना गरी थप सहयोग प्रक्रिया अघि बढाउने योजना समेत रहेकाे तरूण दलका जिल्ला सचिव जीवन कार्कीले बताए ।





