मनोरञ्जन

अक्षय कुमारको फिल्म ‘सूर्यवंशी’को ट्रेलर सार्वजनिक

मुम्बई । फिल्म ‘सूर्यवंशी’को ट्रेलर सार्वजनिक भएको छ । लामो समयदेखि दर्शकमाझ प्रतिक्षित यो फिल्म रोहित शेट्टीले निर्देशन गरेका हुन् । अभिनेता अक्षय कुमारको यो फिल्ममा ‘सिंघम’ उर्फ अजय देवगन र ‘सिम्बा’ उर्फ रणवीर सिंह पनि देखिँदैछन् । त्यस्तै, अभिनेत्री कटरीना कैफसँग अक्षयको केमेस्ट्री एकपटक फेरि पर्दामा देखिनेछ ।

ट्रेलरमा ‘सूर्यवंशी’को कहानीको झलक देखाइएको छ । यसमा अक्षय कुमार एक एन्टी टेररिज्म स्क्वोड कप हुन्, जो देशका लागि जुन हदसम्म जान पनि तयार छन् । उनको परिवारमा श्रीमती कटरीना कैफ र एक बच्चा छन् । फिल्मको ट्रेलरको अन्तिममा भित्ता फोडेर निस्किएको गाडीबाट रणवीर सिंहको इन्ट्री हुन्छ । उनीपछि गाडी धुमाउँदै अजय देवगनको पनि धमाकेदार इन्ट्री हुन्छ । एक्सनले भरिएको ‘सूर्यवंशी’ को ट्रेलर ४ मिनेट १५ सेकेण्ड लामो छ ।

‘सूर्यवंशी’ रोहित शेट्टीको कप सिरिजको चौथो फिल्म हो । योभन्दा अगाडि उनले ‘सिंघम’, ‘सिंघम २’ र ‘सिम्बा’ बनाइसकेका छन् । ‘सिंघम’ सिरिजमा रोहितले अजय देगवनसँग र ‘सिम्बा’ मा रणवीर सिंहसँग काम गरेका थिए । यी तीनै फिल्म सुपरहिट भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *