काठमाडौं । केही अगाडि प्रदर्शित फिल्म ‘पासवर्ड’को निर्माण कम्पनी एवी इन्टरनेशनलले डान्स बेस्ड नेपाली फिल्म निर्माण गर्ने भएको छ । ‘वोर्न टू डान्स’ नाम राखिएको फिल्मलाई अमन तामाङले निर्देशन गर्दैछन् ।
अर्को वर्ष प्रदर्शन गरिने फिल्ममा अमित बस्नेत, अजित केआर थापा र परी रानाले निर्माण गर्नेछन् । फिल्म वास्तविक कथामा निर्माण हुने बताइएको छ ।
निर्माता अमित बस्नेतले फिल्म ‘वोर्न टू डान्स’ मा विगत ५ वर्षदेखि काम भैरहेको बताए । फिल्मका लागि कथा सुहाउँदा कलाकार छनौट भइरहेको छ ।
नेपाल, अमेरिका र क्यानडामा छायांकन हुने यो फिल्ममा बलिउडमा बन्ने गरेका डान्समा आधारित फिल्मभन्दा फरक हुने निर्देशक अमन तामाङले दाबी गरे ।




