मनोरञ्जन

एन्जल र पूजा ‘द कलेज एम्बेसडर २०१९’ घोषित

काठमाडौं । ‘द कलेज एम्बेसडर २०१९’को शिर्ष उपाधि एन्जल थापा मगर र पूजा पुरीले चुमेका छन् । एन्जलले ९ केटा र पूजाले ११ केटी प्रतियोगीलाई पछि पार्दै शिर्ष उपाधि जितेका हुन् ।
दुबै बिजेताले शिर्ष उपाधिका साथमा बिभिन्न अवसर र गिफ्ट उपहारको रुपमा हात पारेका छन् ।

ग्रीन आर्ट मिडियाले हालै राजधानीमा आयोजित प्रतियोगितामा प्रमिला गोयल, संन्जिव महर्जन, मिबिका शाक्य, फुपु तेन्जिङ शेर्मा, आस्था पौडेल लगायत निर्णायक रहेका थिए ।

मिसेस युनिभर्सल नेपाल २०१९ को विजेता समेत रहेकी अनिला श्रेष्ठको कोरियोग्राफीमा रहेको प्रतियोगितामा मोटिभेसन, स्पिकिङ, डान्स, र्याम्प वाक, पर्सनालाटी डेभलपभेन्ट लगायत बिभिन्न प्रशिक्षण सहित अन्तिम स्पर्धामा उत्रिएका थिए ।

कलेज अध्ययनरत युवायुवतीको प्रतिभा निखार्दै उनीहरुलाई भविष्य निर्माणका लागि मार्ग निर्देशन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना हँुदै आएको ग्रिन आर्ट मिडियाका सिइयो प्रविन लाकौलले बताए ।

प्रतियोगीतामा फष्ट रनरअफ, सेकेन्ड रनरअप सहित बिभिन्न आधा दर्जन उपशिर्षकमा समेत बिजेता छानिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *