मनोरञ्जन

‘खेतमा झुल्ने धानमा’ झुल्किइन् अशिस्मा

काठमाडौं । मोडल तथा नायिका आशिष्मा नकर्मीको नयाँ गीत सार्वजनिक भएको छ । उनी खेतमा झुल्ने धान बोलको नयाँ लोक दोहोरी गीतको भिडियोमा देखिएकी छिन ।

राजु परियार र गरिमा बिरहीको स्वर रहेको उक्त गीतको भिडियोमा आशिष्मालाई अमेश भण्डारीले साथ दिएका छन् । त्यस्तै गीतमा कृष्ण केसीको शब्द र मौसमी हिमालीको निर्देशन रहेको छ । करण चाईसिरले छायांकन गरेको यस गीतमा कुमार रानाको मिक्सिङ ,मास्टरिङ रहेको छ ।

मारुनी डिजिटलमा रेर्कडिङ गरिएको गीतलाई बिहिबार आफ्नो मनको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । विवाहपछि कला क्षेत्रबाट पलायन जस्तै भएकी आशिष्माको विवाहपछिको यो पहिलो म्युजिक भिडियो हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *