काठमाडौं । ‘मिसेस एण्ड मिस गुरुङ २०२०’का प्रतियोगीले आ आफ्नो ट्यालेन्ट देखाएका छन् । राजधानीमा आयोजित प्रतियोगिताको ट्यालेन्ट शोमा उनीहरुले नृत्य, अभिनय लगायत बिषयमा आफ्नो प्रतिभा देखाएका हुन् ।
गुरुङ जातिको कला संस्कृति भेषभूषा, रिति रिवाज एबम रहन सहनलाई उजागर गर्दै विवाहित तथा अविवाहित गुरुङसेनी, गृहिणी र व्यवसायिक महिला दिदीबहिनी मार्फत अन्य जनजाति, समाज, राष्ट्र तथा अन्तराष्ट्रिय स्तरमा समेत प्रवद्र्धन र सामाजिकीकरण गर्ने उदेश्यले प्रतियोगिता आयोजना भएको हो ।
एस.के. इन्टरटेनमेन्ट प्रालि आयोजक रहेको प्रतियोगीताको अन्तिम स्पर्धा २९ माघमा राष्ट्रिय नाचघर जमलमा हँुदैछ । फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित को बिभिन्न प्रशिक्षण सहित प्रतियोगी अन्तिम स्पर्धामा उत्रिने छन् ।




