मनोरञ्जन

‘चपली हाइट ३’ गीतमा स्वस्तिमा र सुपुष्पाको बोल्ड ठुम्का

काठमाडौं । फिल्म ‘चपली हाइट ३’ को पहिलो गीत सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमका बीच पहिलो गीतको रुपमा ‘चार आनाको मसला’ बोलको गीत बाहिर ल्याइएको हो ।

गीतमा राम खम्बु र अस्मिता अधिकारीको संयुक्त गायन रहेको छ भने डिपी खनालको शब्द र सुभाष भुषालको संगीत छ । प्रदीप लामा र उनको टिमको कोरियोग्राफी रहेको गीतमा फिल्मका मुख्य कलाकार स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी र आमिर गौतम देखिएका छन् ।

आउँदो चैत २८ गतेलाई प्रदर्शन मिति घोषणा गरेको फिल्म निकेश खड्काले निर्देशन गरेका हुन् । ‘चपली हाइट ३’ मा स्वस्तिमा, सुपुष्पा, आमिर र महेशसँगै प्रतिकमान श्रेष्ठ, अर्पण थापा, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराईलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

फिल्म सस्पेन्स र थ्रिल बिषयमा बनेको निर्माता अर्जुन कुमारले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *