काठमाडौं । चलचित्र ‘वीरबहादुर दङ्ग पर्छ’को बिशेष शो सम्पन्न भएको छ । चलचित्रको राजधानीमा विशेष शो सम्पन्न भएको हो ।
ऋषि न्यौपानेको निर्देशन रहेको चलचित्रलाई एबी फिल्म प्रोडक्शनको ब्यानरमा त्रिबिक्रम सिंह राना र बीजे। शर्माले संयुक्त रुपमा निर्माण गरेका हुन् ।
चलचित्रमा दुई दशक भन्दा बढी समय देखि निरन्तर अभिनय यात्रामा सकृय शितल केसीको मुख्य भूमिका रहेको छ भने साथमा रेश्मा सुवेदी, बिक्रम क्षेत्री, सपना क्षेत्री, प्रबिन एनबीलगायतका कलाकारहरुको अभिनय रहेको छ ।
चलचित्र सिनेमाघरमा सार्वजनिक प्रदर्शन हुनु भन्दा पहिले देशभर च्यारेटी शो गर्ने लक्ष्य निर्माण पक्षले लिएको छ




