काठमाडौं । नेपाली कांग्रेस संस्थापन पक्षलाई चुनौती दिदैँ संस्थापन इतरसमहुले आफ्नै तरिकाले १५ औँ महाधिवेशन गर्ने निर्णय गरेको छ । सोमबार निवर्तमान सभापति शेरबहादुर देउवाको निवास महाराजगञ्जमा बसेको समूहको बैठकले पार्टी केन्द्रीय कार्यालयको निर्णयअनुसार संस्थापन समुहले तोकेको महाधिवेशनमा सहभागि नहुने निर्णय निकालेको हो ।
आइतरबार संस्थापन पक्षको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १४औँ महाधिवेशनबाट आएका सबै केन्द्रीय सदस्यहरूलाई सोही हैसियतमा १५औँ महाधिवेशनमा समावेश गराउने निर्णय गरेको थियो । तर संस्थापन समुहले इतरसमुहलाई दबाबको राजनीतिबाट अघि बढ्न खोजेपछि देउवा समुहले असहमती जनाएको स्रोतले जनाएको छ ।
संस्थापन इतर समूहले पदका लागि आफूहरु अघि नबढेको तर पाटीलाई एक ढिक्का बनाउने उदेश्यका साथ आन्तरिक छलफललाई तिव्रता दिएको जनाएको छ । बैठकपछि नेता डा प्रकाशशरण महतले संस्थापन पक्षको निर्णयका बारेमा अनौपचारिक छलफल भएको र आज सोमबार चार बजे पत्रकार सम्मेलन गरेर औपचारिक धारणा सार्वजनिक गर्ने तयारी रहेको बताएका छन् ।
कांग्रेसको कार्यसम्पादन समिति बैठकले १५औँ महाधिवेशनमा भाग लिन वा आयोजकका रूपमा सामेल हुन चाहने १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यलाई केन्द्रीय सदस्यको हैसियतमै स्वागत गरी जिम्मेवारी दिने निर्णय गरेको थियो। त्यस्तै संस्थापन इतर समूहले आज आकस्मिक बैठक पनि बोलाएको छ। बैठक सम्पर्क कार्यालय चुनदेवीमा बस्ने बताइएको छ।




