काठमाडौं । गृह मन्त्रालयले निर्वाचन विरोधी गतिविधि गर्नेलाई कानूनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।
मन्त्रालयले विज्ञप्ती जारी गर्दै मतदातालाई स्वतन्त्ररूपले आफ्ना प्रतिनिधि छनोट गर्ने अवसरलाई प्रभावित पार्ने र चुनाव विरोधी गतिबिधि गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको हो ।
केही राजनीतिक दल, तिनका प्रतिनिधि तथा उम्मेदवारबाट निर्वाचन प्रचारप्रसारका नाममा आपसी द्वन्द्व, विवाद तथा झैझगडाका छिटफुट घटना घट्ने गरेको सूचना प्राप्त भएको भन्दै निर्वाचनलाई शान्त स्वच्छ, निष्पक्ष धाँधलीरहित बनाउन सहयोग गर्नु सबैको कर्तव्य रहेको मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।




