मुख्य समाचार

बागी उम्मेदवारी फिर्ता लिन माओवादीको निर्देशन

काठमाडौं । नेकपा माओवादी केन्द्रले गठबन्धनका उम्मेदवारविरुद्ध मनोनयन दर्ता गरेका बागी उम्मेदवारलाई भोलि बेलुकासम्म उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ ।

नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीले सोमबार साँझ ५ बजेसम्म बागी उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको हो । स्थानीय तहको निर्वाचनका लागि पार्टीको तर्फबाट बागी उम्मेदवारी दिएकालाई सोमबार ५ बजेसम्म उम्मेदवारी फिर्ता गर्न समय दिएको हो ।

माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *