मुख्य समाचार

धनराज गुरुङलाई देउवाले दिए विषेश जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेसले उपसभापति धनराज गुरुङको नेतृत्वमा ‘देशव्यापी समन्वय उपसमिति’ गठन गरेको छ ।

सभापति शेरबहादुर देउवाले उपसभापति गुरुङलाई समितिको संयोजक तोकेका छन् । समितिमा सहमहामन्त्रीहरु महेन्द्र यादव र जीवन परियार सदस्य रहेका छन् । त्यस्तै केन्द्रीय सदस्य नानु बास्तोला समेत समितिको सदस्य रहेकी छन्

कांग्रेस केन्द्रीय कार्यालयका सचिव डा. प्रदीप पराजुली भने समितिको सदस्यसचिव नियुक्त भएका छन् । उपसमितिलाई देशभरका पालिका र देशव्यापी हुने सभाको आवश्यक समन्वय र केन्द्रीय वक्ताहरुको चयन र परिचालन गर्ने जिम्मा दिइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *