काठमाडौं । स्थानीय तह निर्वाचनका लागि १ लाख ५० हजार ४९४ जनाको उम्मेदवारी परेको छ ।
निर्वाचन आयोगका अनुसार ३५ हजार २२१ पदका लागि १ लाख ५० हजार बढि उम्मेदवारी दर्ता भएको हो ।
आयोगका अनुसार प्रमुखमा ३ हजार ४६६, अध्यक्षमा ३ हजार ३७८, उपप्रमुखमा २ हजार १३६ र उपाध्यक्षमा २ हजार ३९२ को मनोनयन परेको छ ।
वडा अध्यक्षमा ३४ हजार ९४३, महिला सदस्यमा २६ हजार ६३, दलित महिला सदस्यमा २३ हजार ४७० र वडा सदस्यमा ५४ हजार ६४६ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको आयोगले जनाएको छ ।




