मुख्य समाचार

विइङ ह्युमनका सञ्चालक बख्रेल धरौटीमा रिहा

काठमाडौं । विइङ ह्युमनका नेपाल सञ्चालक सन्तोष बख्रेलसहित चार जना धरौटीमा रिहा भएका छन् ।

उच्च अदालत पाटनका न्यायाधीश लोहितचन्द्र शाह र किरणकुमार पोखरेलको संयुक्त इजलासले बख्रेलसहित अन्य दुई जनालाई जनही २० लाख रुपैयाँ धरौटी माग गर्ने आदेश सुनाएको हो ।

अदालतको आदेशपछि बख्रेल बैंक ग्यारेन्टीबाट रिहा भएका छन् । अन्यले भने नगद बुझाएका छन् । गत फागुन २२ गते बख्रेलसहित तीन जनाविरुद्ध राजस्व अनुसन्धान विभागले साढे ४ करोड रुपैयाँ माग दाबी गर्दै उच्च अदालतमा मुद्दा दायर गरेको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *