काठमाडौं । नेकपाका महासचिव विप्लवले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
प्रकाण्ड सहित बालुवाटार पुगेका विप्लवले प्रधानमन्त्री देउवासँग यसअघिको सरकारसँग भएको तीनबुँदे समझदारीको कार्यान्वयनका बारेमा चासो व्यक्त गरेका छन् ।
२०७७ साल फागुन ११ गते सरकार र नेकपाबीच तीनबुँदे समझदारी भएको थियो । प्रधानमन्त्रीसँग छलफल गर्नुपूर्व नेकपाका प्रवक्ता प्रकाण्डले गृहमन्त्री बालकृष्ण खाँणसँग समेत छलफल गरेका थिए ।




