मुख्य समाचार

आगामी चुनावमा सत्तागठबन्धनबिच सहकार्य हुने माधव नेपालको दाबी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी स्थानीय तहको चुनावमा सत्तारुढ गठबन्धनका बिचमा तालमेल हुने दाबी गरेका छन् ।

बुधबारबाट शुरु भएको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले स्थानीय तहको चुनावमा मिलेर जाने सहमति भएको दाबी गरेका हुन् ।

बैठकमा उनले अब स्थानीय तहको चुनावको तयारीमा जुट्न सबै केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएका छन् । बैठक बिहिबार पनि बस्नेछ । बैठकले अध्यक्ष नेपालले पेश गरेको राजनीतिक प्रस्ताव पारित गर्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *