काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यब्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकको एजेण्डा तय गर्नका लागि समितिको बैठक बोलाइएको हो । सभामुख सापकोटाले आज बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।
आजको संसद बैठकमा सरकारले एमसीसी सम्झौता टेवल गर्ने तयारी गरेको छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो २ बजे बस्दैछ ।




