मुख्य समाचार

एमाले फेरी विभाजन हुन लागेको हो ?

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलसहितका नेताहरुले खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् ।

संसदीय दलका नेता समेत रहेका अध्यक्ष केपी शर्मा ओलीकै निर्देशनमा सबै सांसदहरुलाई खाली कागजमा हस्ताक्षर गर्न लगाइएको भएपनि भीम रावल, घनश्याम भुसाल लगाएतका नेताहरुले भने अस्वीकार गरेका हुन् ।

संस्थागत रुपमा हस्ताक्षरका लागि निर्देशन दिएको भएपनि रावल लगाएतका नेताहरुले अस्वीकार गरेसँगै एमालेभित्र फेरी शक्तिसंघर्ष शुरु भएको देखिएको हो ।

एमालेको सोमबार बसेको संसदीय दलको बैठकमा सबै सांसदहरुलाई हस्ताक्षर गर्न निर्देशन दिइएको थियो । तर रावल र भुसाल लगाएतका नेताहरुले स्वीकार गरेनन् । एमालेले प्रतिनिधिसभा पुर्नस्थापना गर्न परमादेश जारी गर्ने संवैधानिक इजलाशका न्यायाधीशहरुलाई महाभियोगको प्रस्ताव दर्ता गर्नसक्ने आंकलन गरिएको छ ।

त्यसबाहेक सभामुख अग्नि सापकोटालाई समेत महाभियोगको प्रस्ताव दर्ता गर्ने एमालेको तयारी रहेको र त्यसको अन्तिम निर्णय गर्ने अधिकार भने अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *