मुख्य समाचार

लोकतान्त्रिक समाजवादी पार्टी एमसीसीको पक्षमा

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी एमसीसीका पक्षमा उभिएको छ ।

अध्यक्ष महन्थ ठाकुरले एमसिसीका बारेमा सिर्जना गरिएको विवाद निरर्थक रहेको बताएका हुन् ।

जनकपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै ठाकुरले एमसिसी परियोजना विशुद्ध रूपमा विकाससँग जोडिएको भएको कारणले विवाद गर्नुको कुनै तुक नरहेको बताएका हुन् ।

सडक निर्माण र विद्युतिकरणमा रकम खर्च गरिने र गरिबी घटाउनको लागि एमसीसी महत्वपूर्ण रहेको बताए । अध्यक्ष ठाकुरले एमसिसीको विषयमा सस्तो लोकप्रियता हासिल गर्न विवाद सृजना गर्नु उचित नहुने समेत बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *