काठमाडौँ । काठमाडौँ उपत्यकामा लगाइएको सवारी साधनमा जोरबिजोर प्रणाली हटेको छ ।
आइतबार बसेको प्रमुख जिल्ला अधिकारीहरूको बैठकले आइतबार १२ बजेदेखि सवारी साधनामा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।
बैठकले फागुन १ गतेदेखि भौतिक उपस्थितिमै विद्यालयहरू सञ्चालन गर्न दिने निर्णय समेत गरेको छ ।
यद्यपि १२ वर्ष उमेर पुरा नभएका विद्यार्थीहरुको हकमा स्थानीय तहको समन्वयमा आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालनको व्यवस्था मिलाउनुपर्ने जिल्ला प्रशाशन कार्यालय काठमाडौंले जनाएको छ ।




