काठमाडौं । प्रतिनिधिसभाको बैठक १० दिन पर सरेको छ।
आइतबारका लागि निर्धारण गरिएको बैठक कोरोना संक्रमणको जोखिम कायमै रहेका कारण बैठक १० दिन पर सारिएको हो ।
संघीय संसद सचिवालयका अनुसार प्रतिनिधिसभा बैठक माघ २६ गते १ बजे बस्नेछ ।
संघीय संसद सचिवालयले सूचना जारी गर्दै कोरोना संक्रमणको जोखिम यथावत् रहेको भन्दै संसद बैठक सार्नुपरेको जनाएको छ।




