काठमाडौं । स्थानीय तहको चुनाव बैशाखमा नहुने निश्चित भएको छ ।
सत्तारुढ गठबन्धनका नेताहरुका बिचमा संविधानसँग बाझिएका कानूनमा सुधार गरेर स्थानीय तहका तीन चरणको चुनावबाट गठित पालिकाहरूको कार्यकाल पूरा हुनासाथ संविधान बमोजिम नयॉ चुनाव गराउने गठबन्धनमा सहमति भएको जसपा अध्यक्ष डाक्टर वावुराम भट्टराईले जानकारी दिएका छन् ।
आगामी वर्षको असोजपछि मात्रै चुनाव हुने सहमति जुटेको भन्दै अध्यक्ष भट्टराईले एमालेलाई भ्रम नछर्न आग्रह गरेका छन् । उनले भनेका छन्,‘आफ्नो आंगको भैंसी नदेख्नेहरूले अरूको आंगको जुम्रा देखाएर जनतामा भ्रम नछरून् ।’
एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार विज्ञप्ती जारी गर्दै आगामी बैशाखमा चुनाव गर्न माग गरेका थिए ।





