काठमाडौं । तालिवानले सत्ता कब्जा गरेपछि भोकमरीमा फस्ने चिन्ताका बिचमा नेपालले अफगानिस्तानलाई मानवीय सहायता सामग्री पठाउने भएको छ ।
आइतबार मानवीय सहायता सामग्रीसहितका सामग्रीसहित परराष्ट्र मन्त्रालयको टोली अफगानिस्तानको राजधानी काबुल जान लागेको परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काले जानकारी दिए ।
अफगानिस्तानमा तालिबानले शासन सञ्चालन गर्न थालेपछि ठूलो मानवीय संकट देखिएको भन्दै राष्ट्रसंघले सहयोगका लागि अपिल गर्दै आएको छ ।
हिमालय एयरलाइन्सले लिएर जाने खाद्यान्न, लत्ताकपडा र औषधी काबुलमा संयुक्त राष्ट्रसंघका प्रतिनिधिलाई हस्तान्तरण गर्ने मन्त्री खड्काले बताए । उनले नेपालले पहिलोपटक विदेशी मुलुकलाई सहयोग गर्न लागेको समेत दाबी गरे ।




