काठमाडौं । सिभिल सहकारी ठगी प्रकरणमा जिल्ला अदालत काठमाडौले इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
न्यायाधीश राजकुमार कोइरालाको इजलासले तामाङसहित केशवलाल श्रेष्ठलाई पनि पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
अदालतले ८ जना अन्य प्रतिवादीलाई धरौटीमा छाड्न आदेश दिएको छ भने एकजनालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।
सिभिल सहभारी ठगी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जिल्ला अदालत काठमाडौंमा ठगी र संगठित अपराध कसुरमा मुद्दा दायर गरेको थियो ।




