मुख्य समाचार

बेलायत भ्रमणमा जाँदै प्रधानमन्त्री देउवा

काठमाडौं । बेलायतको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६औँ सम्मेलनको वल्र्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।

नोभेम्बर १ र २ मा हुने सम्मेलनका लागि नेपाली प्रतिनिधित्वमण्डलको नेतृत्व गर्दै जान लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार प्रधानमन्त्री देउवाको भ्रमणका क्रममा भूतपूर्व गोर्खा सङ्गठनका प्रतिनिधि, बेलायती संसद्का सदस्य र अन्य नेपाली प्रवासी सदस्यसँग भेटघाट गर्नेछन् ।

वर्ल्ड लिडर समिटमा नेपालको तर्फबाट सम्बोधन गर्ने र बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सहभागी राष्ट्र र सरकार प्रमुखको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् । प्रधानमन्त्री देउवाले सो अवसरमा राष्ट्र र सरकार प्रमुख तथा अन्य विशिष्ट व्यक्तिसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *