काठमाडौं । सरकारले मित्रराष्ट्रको सम्बन्धमा आँच आउने कुनै पनि गतिविधि नगर्न अनुरोध गरेको छ ।
गृहमन्त्रालयले सूचना प्रकाशन गर्दै विकास आयोजना र कार्यरत कर्मचारीसँगै विदेशी नागरिकलाई लक्षित गर्दै प्रत्यक्ष वा परोक्ष रुपमा नकारात्मक अभिव्यक्ति नदिन र धम्किपुर्ण भाषा प्रयोग नगर्न आग्रह गरेको हो ।
‘मित्रराष्ट्रको सहयोगमा सञ्चालित विकास आयोजना र त्यहाँ कार्यरत कर्मचारी, विदेशी नागरिक र उनीहरुका सम्पत्तिलाई लक्षित गरी प्रत्यक्ष वा परोक्षरुपमा सञ्चारमाध्याम÷सामाजिक सञ्जालमार्फत नकारात्मक टिप्पणी तथा धम्किपूर्ण अभिव्यक्तिजस्ता गतिविधि भएको प्रति गम्भिर ध्यानाकर्षण भएको छ ।’ गृह मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
विकास आयोजना कर्याान्वयनमा असुरक्षा महसुस हुने तथा मित्रराष्ट्रसँगको सम्बन्धमा नै आँच आउने कुनै पनि गतिविधि नगर्न समेत मन्त्रालयले ध्यानाकर्षण गराएको हो । शुक्रबार मात्रै एमसीसीको विरोधमा नेपालस्थित अमेरिकी दुतावासअघि विरोध प्रदर्शन भएको थियो ।





