मुख्य समाचार

अदालतमा हुने विृकति रोक्ने सुझावसहितको प्रतिवेदन सार्वजनिक

काठमाडौं । न्यायालयमा हुने विकृति न्यूनिकरणका लागि उपायहरूका बारेको प्रतिवेदन सार्वजनिक गरेको छ ।

न्यायाधीश हरिकृष्ण कार्की संयोजक रहेको समितिले सर्वोच्चमा बुझाएको प्रतिवेदन अदालतको पुर्ण बैठकको निर्णयअनुसार सार्वजनिक गरिएको हो ।
प्रतिवेदनमा न्यायाधीश नियुक्तीको सिफारिसबाटै विकृति विसंगतीको शुरुवात हुने भन्दै त्यसलाई रोक्नका लागि सिफारिस गरिएको छ । त्यसबाहेक इजलास गठन र मुद्दाको पेसी तोक्ने अहिलेको प्रणाली परिवर्तन गरेर गोलाप्रथा प्रणाली सुरु गर्न समितिले सुझाव दिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रतिवेदनको कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएअनुसार गोलाप्रथाबाट मुद्धाको पेशी तोक्न निर्देशन समेत दिइसकेका छन् ।

सर्वोच्च अदालतले गठन गरेको समितिमा न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा अर्का न्यायाधीश प्रकाशमानसिंह राउत, नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, महासचिव लीलामणि पौडेल, नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेय, सर्वोच्चका सह–रजिस्ट्रार नारायणप्रसाद पौडेल र सर्वोच्च बारका सचिव ऋषिराम घिमिरे सदस्य थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *