मुख्य समाचार

संसदले निर्वाचन आयोगलाई पठायो, एमाले र जसपा सांसदको अद्यावधिक विवरण

काठमाडौँ । संसद सचिवालयले नेकपा एमाले र जनता समाजवादीका सांसदहरुको अद्यावधिक सूची निर्वाचन आयोगलाई पठाएको छ ।

एमालेबाट विद्रोह गरेर नयाँ दल दर्ता गर्न वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन आयोगमा निवेदन पेश गरेपछि आयोगले संसद सचिवालयसँग विवरण मागेको थियो । आयोगले जसपाका सांसदहरुको संख्या समेत सचिवालयसँग मागेको थियो ।

बुधबार आयोगले एमाले र जसपा विभाजन गरेर नयाँ दल गठन गर्न निवेदन दिएका नेताहरुको सनाखत गर्दैछ । त्यसकै लागि आयोगले अहिले कयम रहेको सांसदहरुको सूची पठाइदिन सचिवालयलाई भनेका थियो । त्यसैअनुसार संसद् सचिवालयले एमालेका १५४ र जनता समाजवादी पार्टीका ३७ सांसद रहेको जानकारी निर्वाचन आयोगलाई गराएको हो ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) र जसपाका तर्फबाट महन्थ ठाकुर पक्षले लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल गठनका लागि गत बुधबार निर्वाचन आयोगमा आयोगमा निवेदन दिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *