काठमाडौं । जनता समाजवादी पार्टी नेपालका १८ जना केन्द्रीय सदस्यसहित २० जनाले उपेन्द्र यादव समूह छाडेको घोषणा गरेका छन् । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गर्दै बिष्णु जंग बस्नेतसहित १८ जना केन्द्रीय सदस्य र २ जिल्ला सदस्यहरुले जसपाको उपेन्द्र यादव समूह परित्याग गर्ने घोषणा गरेका हुन् ।
उपेन्द्र यादवको नेतृत्वमा रहेको संघीय समाजवादी फोरम नेपालले पार्टी एकता गर्दा गरेको प्रतिवद्धतालाई लत्याउदै पार्टीलाई केही व्यक्तिको प्राइभेट लिमिटेडको रुपमा चलाएको आरोप समेत उनीहरुले लगाएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै जसपाका केन्द्रीय सदस्य समेत रहेका भाडावाल सरोकार समाजका अध्यक्ष बिष्णु जंग बस्नेतले आजदेखि बाध्यभएर उपेन्द्र यादवको समूह परित्याग गरेको घोषणा गरे । उनले भने, ‘देश २०७२ सालको भुकम्प र कोरोना महामारीमा जनताहरु प्रताडित हुँदा खेरी यो पार्टीले जनतालाई केही दिन सकेन ।’ उनले १८ महिना उपेन्द्र यादवउप–प्रधान तथा स्वास्थ्यमन्त्री बनेर आफूले मात्र कमाएर जनतालाई केही नदिएको आरोप लगाए ।
बस्नेतले संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालबीच एकता भएपछि पनि अध्यक्ष यादवको रबैया नबदलिएको र पार्टीको घोषित रुपमा लिएको पार्टी नीतिलाई उल्लघंन गर्न थालेको आरोप लगाए । बस्नेतले भने, ‘फोरमले लिएको ७ क्लस्टरलाई ३ क्लस्टरमा वकालत गर्न थालियो ।’ २०६५ साल देखि आफुले घरबेटीहरुको अन्यायविरुद्ध बोल्दै आएपनि राज्यले आफ्नो कुरा नसुनेको बताए ।
कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य पदम अधिकारीले २०७२ को संविधानलाई प्रतिगामी भन्दै ६ महिना लामो आन्दोलन गरेर पुनर्लेखन गर्ने प्रतिवद्धता गरेको भएपनि बाबुराम भट्टराईसँग पार्टी एकता भएपछि उत्कृष्ट संविधान भन्नथालेको उनले आरोप लगाए ।
केन्द्रीय सदस्य हिरालाल भुजेलले बाबुराम र उपन्द्रको एकलौटे रबैयाले केही नेताहरुले १६ जनाको संसदीय दल भएकोमा १३ जनाले पार्टी विभाजन गर्न लागेको अवस्थामा २०७७ साल बैशाख १० गते राति १२ बजे तत्कालिन राजपा नेपालसँग पार्टी एकता गरि जसपा नेपाल गठन गतिविभाजन रोक्न सफलभएको बताए । पार्टी बिभाजन, क्रान्ति, देश, जनताप्रतिगद्धारी गर्नु भन्दाआजकै मितिमाजसपाउपेन्द्र यादव समुहबाट स्वतन्त्रभएको घोषणागर्न चाहेको बताए ।
ललितपुर जिल्ला अध्यक्ष सनज महतले उपेन्द्र र बाबुरामको पार्टी कब्जा गर्ने रबैयाले अन्ततःपार्टी विभाजनको माग राखेर निर्वाचन आयोगमा निवेदन दिनपुगको बताए । आफैले प्रतिगामी भनिएकाहरुसँगको अप्राकृतिक सम्बन्धले पार्टीको घोषित नीतिलाई तिलाञ्जली दिएर सत्ता स्वार्थकालागि प्रतिगामी देउवा–प्रचण्डको भातृ संगठनको रुपमा लैजानपार्टी विभाजनसम्म गर्नेहरुको समुहमा नबस्ने उनको भनाई थियो ।
केन्द्रिय सदस्य उत्तम अधिकारीले बहुल राष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिका लागि बैचारिक दृष्टिकोण सहित बैकल्पिक संगठनात्मक संरचना र प्रणाली एवं कार्यदिशा र कार्यशैली भएको पार्टी निर्माणका लागि आह्वान गर्दै राजनीतिक संवाद थालनी गर्ने बताए ।




