उदयपुर । चुरे क्षेत्रमा हुने प्राकृतिक श्रोतको बिनासले नदी खोलाको अवस्था फेरिने र धार परिबर्तन हुदा तटीय क्षेत्रका स्थानीयले दुख र पीडा खप्नु परेको छ । उदयपुरको आधा भन्दा बढी उब्जाउ भुभाग भएर बग्ने नदी त्रियुगाको मारमा सबै भन्दा जोखिम छ ।
चुरे क्षेत्रमा हुने बन बिनास र चरिचरणका कारण भूक्षय र बाढी पहिरो बढेको छ । लेदो बालुवा बगाउनुका साथै धार परिबर्तन गर्दा उब्जाउ भुमि कटान , तोपन र डुबानको समस्या बढेको हो । नदीका कारण बिस्तापित भएकाहरु चुरे क्षेत्रलाई आफ्नो आश्रय स्थल बनायका छन । अन्न उब्जने खेत बगरमा परिणत हुदा चुरे क्षेत्रको सयौ बिगा जमिन घरबासकै लागि त्रियुगा तटीय क्षेत्रका बासिन्दाले अतिक्रमण गर्नु परेको स्थानिय दिनेस साहले बताए । त्रियुगा नदीले विस्थापित हुनेको जीवन गुजराको माध्यम चुरे क्षेत्रको दाउरा काटेर बेच्नु मात्र रहेको छ । नदि ले जमिनलाइ कटान , तोपन , ढुबानमा परे पछि बीसौं बिगा जमिनका मालिकहरु कतिले थात थलो छोडे , बैदेसिक रोजगारमा पलायन भए चुरेको दाउरा काटेर बजारमा बिक्रि गर्नु , ढेला रिक्सा र जनबनिको साहारा लिनु परेको चौदण्डीगढी ( ५ का रामु चौधरी बताउछन ।
त्रियुगा नदिले चौदण्ढी गढी ५ का २ हजार भन्दा बढी घर परिवारलाइ सुकुम्बासी बनायको छ । अधिकांश जमिनमा खोला कुदेको छ ,सुरुमा काटानको समस्या रहेको जमिनमा पछिल्लो समय चुरेले बगायर ल्यायको लेदो र बलुवाका कारण पुर्न थालेको हो । रौता पोखरीलाइ मुहान बनाइ बगेको यो नदी सप्तकोसी मा मिल्दा करिब ४५ किलोमिटरमा त्रियुगा , चौदण्डी गढी ,र बृलका नगरपालिकाको मध्य भाग हुँदै बगेको छ । उदयपुरको आधा भन्दा बढी भुभाग ओगटेको यो क्षेत्र अन्न भण्डार को रुपमा चिनिन्छ । यसको ६० प्रतिसत जमिनमा नदिको प्रभाव परेको छ । उत्तर र दक्षिण तर्फबाट बाट बगेका यसका सहायक खोला खहरे ले पनि त्यतिकै मात्रमा बिनास र बितण्डा मच्चायका छन ।
जमिन नदीबाट उकास हुन्छ भनेर बर्सेनि मालप तिर्दै आए पनि अबस्थामा परिबर्तन आउन सकेको छैन । आफ्नो जमिन यति हो भनेर ओला घुमाउदै टाउकोमा हात राखेर सुस्केरा लाउनुको बिकल्प नरहेको मङ्लु चौधरीले बताए ।
भोजपुरको छिनामखुबाट बसाइ सरि आउदा १८ बिगाको एउटै चाक्लो खेत किनेका प्रेम बहादुर बस्नेतको खेतमा त्रियुगा छ । १८ बिगामा १८ कठ्समेत नरहेको छोरा पर्शुराम बस्नेतले बताए ।
सयौ किसान नदिकै कारण अहिले बनक्षेत्र अतिक्रमण गरेर बसेका छन । नदी बिस्तापित हरुले चौदण्डी गढी ५ को धामि चाप , टोकनी , जुटपानी , गेरखोला लगायत चुरे क्षेत्रलाइ आश्रयस्थल बनायका छन । यसरी बसोबास गर्ने वाडा ५ मा करिब ११ सय घर धुरि रहेको वाडाको तथ्याङ्कमा रहेको वाडाकार्यलयले बतायो ।
माथिल्लो चुरे क्षेत्रमा रहेका खोला खहरेका मुहानबाट बगेको बालुवा लेदो त्रियुगाको तटीय क्षेत्रका जमिन मरभुमिमा परिणत गर्दा बर्सेन सुकुम्बासिको बृद्धि गरेको छ ।
यो समस्या त्रियुगा नगरपालिकाको वाडा नं १ देखि ७ , चौदण्डीगढीको ५ , ९ र १० बेलकाको १ र २ रहेको छ । यसको प्रत्यक्ष मार यहाका आदिवासी थारु चौधरी रहेका छन ।
चुरे बिनासकै कारण त्रियुगाले मरुभुमि बनाउदा पनि चुरे अतिक्रमण गरेर जीवन चलाउन बाध्य हुनु परेको स्थानीय बताउछन । त्रियुगा नियन्त्रण का साथै चुरेको जैबिक बिबिधता संरक्षण नभए उदयपुरका आधा भन्दा बढी अन्न भण्डार बालुवामा परिणत हुने जानकारहरु बताउछन ।




