मुख्य समाचार

प्रतिनिधिसभाका ४ सांसदलाई कोरोना संक्रमण

काठमाडौं । प्रतिनिधिसभाका थप ४ जना सांसदलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।वैशाख २७ गते बस्न लागेको प्रतिनिधिसभाको बैठकअघि बुधबार सांसदलगायत कर्मचारीहरुको स्वाब संकलन गरेर पिसिआर परीक्षण गर्दा ४ जना सांसद्‍मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

बुधबार १ सय २८ जनाको स्वाब संकलन गरिएको थियो । संक्रमित हुनेमा लक्ष्मणलाल कर्ण, रामबाबु यादव, नरमाया ढकाल र पार्वती डिसी चौधरी छन् ।सबैको रिपोर्ट आउन बाँकी रहेको संसद् सचिवालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *