मुख्य समाचार

आज राष्ट्रपतिबाट ५९३ जना विभूषित हुँदै (सूचीसहित)

काठमाडौं । नयाँ वर्ष २०७८ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज ५ सय ९३ जनालाई विभूषित गर्दैछिन । मानपदवी, अलंकार र पदक गरी ५ सय ९३ जना विभूषित हुने भएका हुन् ।

राष्ट्रपति भवन शीलतनिवासमा एक समारोहका बीच मानपदवी वितरण गरिने छ । मानपदवी तर्फ ४५२, अलङ्कारतर्फ ११४, पदकतर्फ २७ जना गरी जम्मा ५९३ जना आज विभूषित हुनेछन ।

विभूषण ऐन, २०६४ को दफा ४ बमोजिम उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा गृहमन्त्री रामबहादुर थापा, प्रा.डा. मीना वैद्य, प्रा.डा. इन्द्रजित राई, हरिहर शर्मा, काशेन्द्रप्रसाद यादव र उपरथि विनोदकुमार श्रेष्ठ सदस्य तथा सदस्यसचिवमा गृहसचिव महेश्वर न्यौपाने रहेको विभूषण समितिले उनीहरुको नाम सिफारिस गरेको थियो ।

मानपदवीतर्फ सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणीमा १, प्रसिद्ध प्रबल जनसेवाश्री द्वितीय श्रेणीमा ३, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणीमा ७, सुप्रबल जनसेवाश्री तृतीय श्रेणीमा ८६, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणीमा ८, प्रबल जनसेवा श्री चतुर्थ श्रेणीमा २४२, जनसेवाश्री पञ्चम श्रेणीमा १०४ तथा अलङ्कारतर्फ ११४, पदकतर्फ २७ गरी जम्मा ५९३ जना विभूषित हुनेछन् ।

[pdfjs-viewer viewer_width=0 viewer_height=800 url=https://sankalpakhabar.com/wp-content/uploads/2021/04/Bibhusan_2077.pdf download=true print=true fullscreen=false fullscreen_target=false fullscreen_text=”on” zoom=0 search_term=”” ]

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *