काठमाडौं । प्रधानमन्त्री केपी ओलीले चितवनको अयोध्यापुरी, माडीमा भगवान रामको जन्म भएको दाबी गरेपछि यसले व्यापक चर्चा परिचर्चा पायो । खासगरी भारतीय मिडियाले प्रधानमन्त्री ओलीको खेदो खने । नेपालमा पनि उनको आलोचना भइरहेको छ ।
अनुसन्धानकर्ता लोकराज पौडेलको अध्ययन प्रतिवेदनका आधारमा प्रधानमन्त्री ओलीले रामको जन्मभूमि अयोध्यापुरी भएको र त्यो चितवनको माडी गाउँपालिकामा पर्ने दाबी गरेका हुन् ।
अयोध्यापुरीमा विभिन्न पुरातात्विक वस्तु र सम्पदा भए पनि राममन्दिर भने छैन ।
त्यसैले प्रधानमन्त्री ओलीले अयोध्यापुरीमा रामसीताको मूर्ति स्थापना गर्ने घोषणा गरेका थिए । जसअनुसार त्यहाँ प्राण प्रतिष्ठा गर्ने रामसीताको मूर्ति तयार भएको छ ।आइतबार बालुवाटारमा प्रधानमन्त्री केपी ओलीले रामसीताको मूर्तिको अवलोकन गरे ।
रामसीताको मूर्तिसँगै बसेका ओली दंग देखिएका छन् । चाँडै सो मूर्ति (राम जन्मभूमि) अयोध्यापुरीमा स्थापना गरिने भएको छ।




