मुख्य समाचार

सिन्धुमा काङ्ग्रेस प्रवेशको लहर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत यतिबेला जिल्लाको संगठन विस्तारमा व्यस्त छन् । यसैक्रममा आज आइतबार पूर्वमन्त्री बस्नेतले बाह्रबिसे नगरपालिकाको मानेश्वराका दर्जनौं नेकपाको स्थानीय नेता कार्यकर्तालाई नेपाली कांग्रेसमा प्रवेश गराएका छन् ।

नवप्रवेशीहरुलाई पूर्वसुचना तथा सन्चार मन्त्री बस्नेतले पार्टीमा स्वागत गर्दै आवश्यकताका आधारमा सबैलाई उचित जिम्मेवारी दिइने बताए । आगामी चुनावमा नेपाली कांग्रेसलाई जिताउन आजैदेखि लाग्न नेता बस्नेतले नवप्रवेशीहरुलाई आग्रह गरे । पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. १ का क्षेत्रीय सभापति बालकृष्ण बस्नेतको समेत उपस्थिति थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *