मुख्य समाचार

पूर्व सञ्चारमन्त्री बास्कोटालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटा तथा उनको श्रीमती तारा मानन्धरलाई कोरोना संक्रमण पुष्टि भएको छ । दश दिन यता आफू कसैलाई नभेटेको पनि उनले जानकारी गराएका छन्।

पूर्व मन्त्री बाँस्कोटाका अनुसार उनको दुवै छोराको रिपोर्ट नेगेटिभ आएको छ । विहिबार सामाजिक सञ्जाल ट्वीटमार्फत बास्कोटाले सो जानकारी गराएका छन् । उनले लेखेका छन्, “मलाई पनि पोजेटिभ देखियो । तर राम्रो के भने वितेको दश दिन यता मैले कसैलाई भेटेको छैन ।”

पूर्वमन्त्री बाँस्कोटाले श्रीमती मानन्धरको रिपोर्ट पनि पोजेटिभ आएको भन्दै अगाडि लेखेका छन्, “मलाई त लक्षण विनै देखियो तर श्रीमती तारा मानन्धरलाई लक्षणसहित । दुवै छोरालाई नेगेटिभ देखिनु चाहीं धेरै राम्रो । सुरक्षित रहौं ।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *