मुख्य समाचार

भरतपुरमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

भरतपुर । चितवनमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा तनहुँ शुक्लगण्डकी नगरपालिका घर भई हाल मकवानपुर हेटौँडा–५ बस्ने ३३ वर्षीया महिला रहेको छ । भरतपुर अस्पतालमा उपचाररत उनको आज बिहान ६ः१५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार गत असोज ३० गते कोरोना सङ्क्रमणसहित खोकी र श्वासप्रश्वासमा समस्याबाट पीडित भई अस्पतालमा भर्ना भएका उनलाई सोही दिन कोरोना पुष्टि भएको थियो ।

उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि अस्पतालको कोभिड सघन उपचार कक्ष ९आइसीयू०मा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *