मुख्य समाचार

२ को मृत्यु, १८ जना संक्रमित

कास्की। पोखरामा एक जना कोरोना संक्रमितको ज्यान गएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

म्याग्दीको धौलागिरी गाउपालिका ७ का ८५ वर्षीय पुरुषको गएराति मृत्यु भएको अस्पतालले जानकारी दिएको हो । कोभिड उपचार केन्द्रको आइसियुमा उनको उपचार भइरहेको थियो ।

असोज २९ गते उनलाई अस्पताल भर्ना गरिएको थियो । उनमा अन्य दीर्घ रोग पनि भएको अस्पतालले जनाएको छ ।

त्यसैगरी नवलपरासी (ब.सु.पू.) गैंडाकोट ७ का ५० बर्षीय पुरुषको मंगलबार विहान ९.५६ बजे चितवन मेडिकल कलेजको आईसियुमा उपचारको क्रममा निधन भएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५७ पुगेको छ ।
त्यसैगरी विभिन्न ३ जिल्लामा गरी १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसअनुसार नवलपरासी (ब.सु.पू.) का १५ जना, गोरखाका १ जना र तनहुँका २ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

संक्रमित सबैलाई आइसोलेसनमा ब्यवस्थापन गर्ने तयारी भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *