मुख्य समाचार

किन गरिन् राजकुमारीले राजीनामा दिने घोषणा

बेलटार । उदयपुरको बेलका नगरपालिकाकी उपप्रमुख राजकुमारी चौधरीले राजीनामा दिने घोषणा गरेकी छन् । सरकारप्रति तीव्र असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिने घोषणा गरेकी हुन्। उनले पद पार्टीलाई हस्तान्तरण गर्ने जानकारी फेसबुकमार्फत् गरेकी हुन् ।

उनले जनतासँग माफी समेत मागेकी छिन् । उनले फेसबुकमा लेखेकी छन्, ‘कालो कर्तुतहरूका विषयमा कार्यान्वयन हुँदैन, धिक्कार छ, दुईतिहाइ सरकार’ ! उनी तत्कालीन नेकपा एमालेबाट उपप्रमुखमा विजयी भएकी हुन् ।

केही समयदेखि नगरपालिकामा कर्मचारीको विषयमा विवाद देखिदै आएको थियो । नगरपालिकामा भएको भ्रष्टाचारका विषयमा बारम्बार कुरा उठाउँदा सुनुवाइ नभएपछि उनले असन्तुष्टि जनाएको बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *