राजनीति

सत्ता गठबन्धन दलको बैठक ४ बजे बालुवाटारमा बस्दै

काठमाडौं । सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठक आज बस्दैछ । बैठक आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

बैठकमा मन्त्रिपरिषद पुनर्गठन लगायत विषयमा छलफल हुने प्रधानमन्त्री सचिवालयले जनाएको छ । पछिल्लो राजनितिक परिवर्तनसँगै सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रा पटक संसदबाट विस्वासको मत पाएपछि सरकारलाई पुर्णता दिन सत्ता साझेदार दलहरू छलफलमा जुटेका छन् ।

सरकारमा सहभागी हुने विषयलाई लिएर प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार छलफल गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *