काठमाडौँ । आइसीसी विश्वकप लिग-२ अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) ले टस हारेर अहिले ब्याटिंग गरिरहेको छ ।
यसैक्रममा नेपालले चौथो विकेट लिएको छ । नेपालका लागि सन्दीप लामिछानेले २० रन बनाएर खेलिरहेका पीएनजीका कप्तान असाद भालालाई आउट गरेका हुन् ।
सन्दीपको यस खेलमा यो दोस्रो विकेट हो ।
यसअघि सोमपाल कामी र ललित राजबंशीले नेपालका लागि एक एक विकेट लिएका थिए ।




