समाचार

भैरहवा उडेको श्री एयरलाइन्सको जहाजमा आगो, आकस्मिक अवतरणको तयारी

काठमाडौं । काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको छ । उडान नं. ८२१ को जहाजको इन्जिनमा आगो देखिएको हो ।

सो जहाजलाई काठमाडौंमै आकस्मिक अवतरण गराउने तयारी छ । विमानस्थल स्रोतका अनुसार काठमाडौंबाट उड्नासाथ चालक दलले टावरलाई इन्जिनमा आगो देखिएको भनेर जानकारी गराएका थिए ।

सो जहाज धादिङको थाक्रेबाट काठमाडौंतर्फ नै फर्किएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *