ताजा समाचार

मालपोत, राहदानी विभाग र जिप्रका बिदाको दिन पनि खुल्ने

काठमाडौं । सरकारले सार्वजनिक बिदाको दिन पनि सेवाग्राहीको बढी भीड हुने सरकारी कार्यालय खुला राख्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले मालपोत, राहदानी विभाग, जिल्ला प्रशासन कार्यालय, अस्पताल, प्रहरी कार्यालय जस्ता सेवाप्रहाहमुखी सरकारी कार्यालय हरेक दिन खुला राख्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको बैठकले सरकारी कार्यालयबाट प्रदान गरिने सेवाहरु सार्वजनिक बिदाको दिन पनि नरोक्ने गरी तयार तालिका स्वीकृत गरेको छ । स्वीकृत कार्यतालिकामा कर्मचारीहरुले सिफ्टमा काम गर्नेछन् । सार्वजनिक विदाको दिन काम गर्ने कर्मचारीले सट्टा बिदा पाउनेछन् ।

मन्त्रिपरिषदबाट स्वीकृत तालिकाबारे सरकारका प्रवक्ताले नियमित पत्रकार सम्मेलनमा जानकारी गराउने एक मन्त्रीले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *