काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेटले आइसीसी विश्वकप लिग टू अन्तर्गतको युएई र पपुवा न्युगिनीसँगको त्रिकोणीय सिरिजमा आज पहिलो खेल खेलिरहेको छ ।
नेपालले पपुवा न्युगिनीविरुद्ध अहिले टस जितेर पहिला बलिङ गरिरहेको छ ।
पछिल्लो अपडेट अनुसार नेपालले तेस्रो सफलता हासिल गरेको छ । खेलको २४औं ओभरमा गुलशन झाले नेपालका लागि तेस्रो विकेट लिएका हुन् । उनले ३१ रन बनाएर खेलिरहेका सेसे बाउलाई आउट गरेका छन् । गुलशनको यस खेलमा यो दोस्रो विकेट हो । त्यस्तै यस अघि सोमपाल कामीले एक विकेट लिएका छन् ।
यो समाचार तयार गरुन्जेल पपुवा न्युगिनीले २३.२ ओभरमा ३ विकेट गुमाउदै ८४ रन बनाएको छ ।




